कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २५ र २६ मा

कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षातालिका प्रकाशनको तयारी भइरहेको छ ।

शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी ननग्रेडिङ (एनजी) मा परेका थिए । एनजी नतिजा आएकामध्ये दुई विषयसम्म ननग्रेडिङ विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था छ ।

दुई विषयसम्म ननग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ छ । दुई विषयसम्म अनुपस्थित विद्यार्थी पनि पूरक परीक्षामा सामेल हुन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर