सहकारी ठगीका आरोपित तातेड कारागार चलान

सहकारी ठगी प्रकरणमा सप्तरी प्रहरीले पक्राउ गरेका राजविराज नगरपालिका-३ का सिद्धार्थ तातेडलाई सप्तरी जिल्ला अदालतले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

कान्तिपुर बहुउदेश्यीय सहकारी संस्था राजविराजका सचिव समेत रहेका तातेडलाई सहकारी ठगी र आपराधिक विश्वासघात मुद्दामा पुर्पक्षमा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश संजिव पोखरेलको इजलासले तातेडलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

कान्तिपुर बहुउदेश्यीय सहकारी संस्थामा बचतकर्ताहरूले जम्मा गरेको तीन करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपसहित सो संस्थाका अध्यक्ष बेचन यादव र सचिव तातेडसमेत १२ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा आरोप पत्र दायर भएको हो । लक्षमनिया देवी खंग समेत ४६ जना बचतकर्ताको संयुक्त जाहेरीले वादी नेपाल सरकार भई उठान भएको मुद्दा प्रहरीमा २०८० साउन मै दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर