धेरै बोलेर समय खेर फाल्दिन, काम गरेर देखाउँछु : मेयर बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्।बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन्।

उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए। प्रमुख शाहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए। उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने पनि बताए। २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको उनको भनाइ छ।

पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने उनले विश्वास व्यक्त गरे। उनले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताए। उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेहेका बताए।

सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने उनले बताए। उनले सम्पदा शैलीका  सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर