खेतमा धान गोड्न गएकी युवतीको बाघले लियो ज्यान

कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका-२ की २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन् । ‘खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ,’ उनले भने ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ । यसैगरी मङ्गलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका-५ की मानमती साउँद घाइते भएकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर