४ करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

तिला गाउँपालिका–१ रारागाउँमा ४ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ ।

गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा ४ करोड रुपैयाँमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।

गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईंका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ ।

पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत १ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो ।

आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बाट ९५ लाख र पालिकाले १ करोड १० लाख रुपैयाँ व्यहोर्नेछ ।

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका २ सय ६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ ।

यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् ।

पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित रु चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *