डोल्पाबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको हेलिकप्टरमार्फत उद्धार

नेपाली सेनाले स्वास्थ्य समस्या देखिएपछि डोल्पाबाट प्रहरी कर्मचारीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याएको छ।

डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–६ स्थित छुरालबाट अस्वस्थ भएका सशस्त्र प्रहरी सहायक निरीक्षकलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

उनलाई सुर्खेततर्फ ल्याउने क्रममा मौसम खराबीका कारण सुर्खेतकै लेकवेशी नगरपालिका ६ मा अवतरण गरी सो स्थानबाट एम्बुलेन्समार्फत कर्णाली प्रादेशिक अस्पताल लगिएको नेपाली सेनाले जनाएको छ। केही समय पश्चात् मौसममा सुधार आएपछि उक्त हेलिकप्टर पश्चिम एयर वेश, सुर्खेत आएको छ।

त्यसैगरी हुम्ला जिल्लाको अदानचुली गाउँपाकिला–५ निवासी वर्ष ४३ की सौमती रावललाई जटिल प्रसूति समस्या देखिएकोले नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्लाबाट थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *