एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार बिहान बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

एमाले सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्नेछ । च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि बैठक पार्टी कार्यालय बाहिर हुन लागेको हो ।

सचिवालय बैठकमा समयसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर