नेपालले किन दिएन राष्ट्रसंघको सैनिक सल्लाहकारमा उम्मेदवारी ?

संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकारमा नेपालले उम्मेदवारी नदिने भएको छ । संयुक्त राष्ट्रसंघले नै आग्रह गरे पनि नेपालले सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

रक्षा मन्त्रालय स्रोतका अनुसार राष्ट्रसंघको मुख्यालय न्युयोर्कबाटै आवेदन दिन आग्रह गर्दासमेत सरकारले आफ्नोतर्फबाट कुनै पनि सैनिक अधिकारीलाई प्रस्ताव नगरेको हो ।गत जेठमा रक्षा मन्त्रालयले नेपाली सेनाका तर्फबाट आफूसँग अहिले अनुकूल उम्मेदवार नभएको भन्दै जवाफ पठाएको छ ।

राष्ट्रसंघमा उपमहासचिवका सुरक्षा सल्लाहकार हुन्छन् । ती ‘मिलिटरी एडभाइजर’ लाई ‘मिलाड’ पनि भनिन्छ । सैनिक मामिला कार्यालयको नेतृत्व सैनिक सल्लाहकारले गर्छन् । जसले उपमहासचिवप्रति उत्तरदायी भएर काम गर्नुपर्छ र शान्ति स्थापना कार्यका लागि उपमहासचिवलाई सैनिक सल्लाह प्रदान गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी हुन्छ ।

सैनिक सल्लाहकारमार्फत राजनीतिक मामिला र स्थलगत समर्थनका लागि उपमहासचिव, महासचिव र सुरक्षा परिषद्लाई सम्बन्धित विषयमा अनुरोध गरिन्छ । सैनिक सल्लाहकारले शान्ति सेना परिचालन विभाग, ‘फिल्ड सपोर्ट’ विभाग र शान्ति सेना परिचालन विभागको नेतृत्वमा सैनिक ‘कम्पोनेन्ट’ हरूसँगको सञ्चालन गर्नुपर्छ । राजनीतिक विभागको नेतृत्वमा सैन्य सल्लाहका काम हुने मिसन कार्यालय र डिभिजनका प्रमुखलाई सल्लाह पनि दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर