राज्य व्यवस्था समितिमा तीन मन्त्री उपस्थित, शान्तिसुरक्षा र कारागार व्यवस्थापनबारे छलफल

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्रीहरू उपस्थित भएका छन् ।

मंगलबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित भएका हुन् ।

साथै बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति थियो । बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको हो ।

समितिको आजको बैठकमा शान्तिसुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर