विपद् र स्वास्थ्य परामर्श सेवाका लागि काठमाडौं महानगरको २४ घण्टे हटलाइन सेवा

काठमाडौँ महानगरपालिकाले विपद् र स्वास्थ्य परामर्शका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद्जन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि हटलाइन सेवा सुरु गरिएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले जनाकारी दिए ।

विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । ‘नियमित वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन्,’ उनले भने । स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ ।

यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको हो । यस अघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो । १०२ मार्फत निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर