कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
१६ साउन २०८१ ९:३२
गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको हो । अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५:०० सो गण बाट फौज परिचालन गरिएको थियो ।
उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया