प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरियो : निःवर्तमान प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका निःवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताएका छन्।

मंगलवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले बिना कारण आफूलाई प्रदेश प्रमुखबाट हटाइएको बताए । उनले प्रदेश प्रमुखलाई हटाउँदा मार्ग प्रशस्त गर्न आग्रह गर्नुपर्ने भएपनि त्यो पालना नभएको भन्दै असन्तुष्टि पोखे । उनले लुम्बिनी प्रदेश प्रमुख नेपाली काँग्रेसको भागमा परेको सुनेको भन्दै उनले आफूले कुन विधि मिचेका कारण हटाएको भन्ने नबुझेको बताए ।

उनले भने, ‘प्रदेश प्रमुखलाई हटाउनु पर्दा अवस्था यस्तो आयो, मार्ग प्रशस्त गर्नुहोला भनेको भए मर्यादाको ठाउँ रहन्थ्यो । त्यो पालना भएको शुरुदेखि अहिलेसम्म म देख्दिन । छिटो हटाउनुपर्छ भनेर हटायो । अहिले आएर यो ठाउँ नेपाली काँग्रेसको ठाउँ भन्ने सुन्छु म । सरकार परिवर्तन हुँदैमा, केन्द्रमा परिवर्तन भयो । तर यहाँको परिस्थिति फरक छ । सरकार सरकारबीचमा अन्तरबिरोध भएर विभिन्न बाधा आएर बसेको परिस्थिति होइन, यहाँको प्रमुखलाई हटाउनुको कारण के । के गल्ती गरेको छ । यो प्रदेश प्रमुखले के गल्ती गरेको छ । अमर्यादित ढंगले हटाइएको छ ।’

उनले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेश सरकारले क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर