दश लाख रूपैयाँ नगदसहित जुवाखालबाट ९ जना पक्राउ

प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजार रूपैयाँसहित नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका-६, जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका-५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बूढानीलकण्ठ नगरपालिका-५, देउला टोल बस्ने २१ वर्षीय कवीर देउला रहेका जनाइएको छ ।

यस्तै काठमाडौँ-१९, वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रेष्ठ, बूढानीलकण्ठ-५, देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौँ-१५, डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ-१३, कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन तथा काठमाडौँ-१५, डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सोमबार राति काठमाडौँ-४, चुनदेवीमा रहेको यमकुमारी आलेको साढे तीनतले घरको छतमा हारजित हुने गरी जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *