पेरिस ओलम्पिक, ३६ देशले जिते पदक

जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन्।

सोमबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन्। जसमा जापान ६ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ कास्य पदकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेको छ भने अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ। त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ कास्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ कास्यपदक जितेको छ।

त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ भने  इटालीले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको छ।

त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २–२ स्वर्ण पदक जितेका छन्।

त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन्।

यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीजरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले पदक जितेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *