भाषणभन्दा धेरै काम गरेर देखाउनुपर्नेछ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन्।

काठमाडौँमा सोमबार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औँ कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए।

सोहीअनुसार मौद्रिक नीति आएको पनि उनको भनाइ छ। वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्ने गरी आएको बताए। उनले ऐन, कानुनको कार्यान्वनय नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गरे।

उनले सरकारलाई दबाब र सुझाव दिए मात्रै कामहरु छिटो छरितो र व्यवस्थित हुने बताए।

‘अहिलेको सरकारले अहिलेको अर्थतन्त्रलाई अलि अघि बढाउने, जीवन्तता ल्याउनका लागि सरकारले भाषणहरु भन्दा पनि कामबाट देखिरहनुभएको छ। मौद्रिक नीति जुन ल्याएको छ, व्यापार गर्न सहज होस् भनेर सरकारले ल्याएको हो। त्यसलाई पनि त सबैले स्वीकार गर्नुपर्छ नि। लामो र धेरै कुरा गर्नु भन्दा पनि हामीले काम गरेर देखाउनुपर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर