कञ्चनपुरमा विद्युत पोलको तार तान्दा करेन्ट लागेर दुई जना गम्भीर घाइते

कञ्चनपुरमा विद्युतको पोलको तार तान्दा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-१०, घुयाँघाटका २२ वर्षीय श्रवण राना र सोही स्थानका २१ वर्षीय सञ्जय राना छन् ।

सोमबार बिहान ११ बजे बेलौरी नगरपालिका-४, रिछामा विद्युतको पोलको तार तान्दा उनीहरूलाई एक्कासी करेन्ट लागेको हो । करेन्ट लागेर उनीहरू पोलबाट खसेका थिए ।

ढाड र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर