पोखरा स्कुल बस दुर्घटना : आमाछोराको मृत्यु, घाइते २८ जनाको उपचार हुँदै

सोमबार बिहान पोखरा महानगरपालिका-२१, गुड्कुमा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटनास्थलमै मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

बस दुर्घटना भएपछि कास्की प्रहरी प्रमुख एसपी थापाको कमाण्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए ।

सोमबार बिहान ग १ क ६२१९ नम्बरको स्कुल बस रामदीबाट पोखरा जाँदै गर्दा ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर जाँदै गर्दा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा विद्यार्थी, शिक्षक र अभिभावकसमेत सवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर