उच्च शिक्षा ऐन र प्रतिष्ठानहरूको एकीकृत ऐनको मस्यौदा तयार गर्दैछौँ : मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

मन्त्री भट्टराईले तिलगंगा विश्वविद्यालय विधेयक सरकारले फिर्ता लिएको हो कि भन्ने प्रश्न आएको भन्दै संसदमा दर्ता भइसकेको जानकारी दिइन् । उनले विश्वविद्यालय सञ्चालनमा देखिएका व्यवहारिक पक्षहरू आज विश्वविद्यालय भित्र अवरोधको रूपमा देखिएको भन्दै आगामी दिनमा भोग्न नपर्ने गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नीति निर्माण गर्ने बताइन् । उनले उच्च शिक्षा ऐन र प्रतिष्ठानहरूको एकीकृत ऐन मन्त्रालयले मस्यौदा तयार गरिरहेको पनि बताइन् ।

मन्त्री भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई परिष्कृत गर्न मन्त्रालयले अझै आवश्यक काम गर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर