जलविद्युत र घरजग्गा व्यवसायीहरूको मागलाई मौद्रिक नीतिले उपेक्षा गर्‍याे : व्यवसायी

व्यवसायीहरूले मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरको मागलाई उपेक्षा गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि शुक्रबार जारी गरेको मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरूको मागलाई उपेक्षा गरेको बताएका हुन् । उनीहरूले अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकलाई समृद्ध बनाउने दुवै क्षेत्रलाई मौद्रिक नीतिले समेट्न नसकेको आरोप लगाए ।

व्यवसायीहरूले घरजग्गा व्यवसायीहरूका माग सम्बोधन गर्दा विगतको जस्तै घरजग्गा कारोबारमा विकृति आउँछ भन्ने भ्रममा राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश नगरेको आरोप लगाए । मुलुकलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा भन्ने तर कार्यान्वयन गर्ने अवस्था सिर्जना नभएको उनीहरूले बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले इप्पानले राखेका दुईवटा मागलाई समेत मौद्रिक नीतिमा समावेश नगराइएको बताए । उनले मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई आकर्षण र सहजीकरण गर्ने नीति नआएको भन्दै यसप्रति इप्पानको गम्भीर आपत्ति रहेको बताए ।

उनले राष्ट्र बैंकका गर्भनरले समेत पटकपटक निजी क्षेत्रलाई आकर्षित गर्ने गरी नीति ल्याउने सार्वजनिक घोषणा गरे पनि मौद्रिक नीतिमा कतै पनि माग सम्बोधन नहुनुले उनी निजी क्षेत्रविरोधी भएको आरोप लगाए । मौद्रिक नीति निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रपञ्च भएको उनले बताए ।

उनले लगानीमैत्री वातावरण निर्माण र निजी लगानीकर्तालाई आकर्षण गर्ने भनिए पनि मौद्रिक नीतिले दुवैमा निजी क्षेत्रलाई बेवास्ता गरेको बताए । उनले निजी क्षेत्रप्रतिको सरकारको व्यवहार र शैली ठीक उल्टो गतिमा अघि बढेको स्पष्ट संकेतहरू देखिन थालेको बताए ।

उनले १० वर्षभित्र छिमेकी राष्ट्रमा १० हजार मेगावाट बिजुली दीर्घकालीन रूपमा निर्यात गर्ने दुई देशबीचको सम्झौता कार्यान्वयनका लागि सहायता पुग्ने गरी मौद्रिक नीति नआउनुले सरकारप्रतिको विश्वास र भरोसामाथि नै निजी क्षेत्र सशंकित भएको बताए ।

नेपाल घरजग्गा आवास तथा विकास महास्ांघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीति तुलानामत्मक रूपमा लचिलो आएको बताए । उनले लचिलो मौद्रिक नीति आए पनि घरजग्गा कारोबार क्षेत्रलाई उपेक्षा गरिएको बताए ।

उनले घरजग्गा व्यवसायीहरूका मागलाई मौद्रिक नीतिले कतै पनि समावेश नगरेको बताए । उनले समग्र मौद्रिक नीतिमा समावेश व्यवस्थाहरूले घरजग्गा कारोबारमा सुधार हुने अवस्था देखिए पनि घरजग्गा कारोबारलाई मात्रै प्राथमिकता राखेर मौद्रिक नीति नआएको बताए ।

उनले घरजग्गा कारोबार खुकुलो बनाउँदा पहिलाको जस्तै घरजग्गामा बुम र विकृति ल्याउने सोच्नु गलत भएको बताए । उनले धेरै ठूलो पुँजी घरजग्गा कारोबारमा अड्किएको भन्दै मौद्रिक नीतिले सहजीकरण गर्ने अपेक्षा सफल नभएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर