आउँदो चुनावमा एक्लै लडेर जित्छौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन एक्लै लड्ने र विजयी हुने योजनाका साथ छलफल भइरहको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली जनताले माओवादी केन्द्रलाई विजयी गराउने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा आगामी चुनावमा एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

उनले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए । अध्यक्ष दाहालले भने, ‘अठार महिना सरकारको हामीले नेतृत्व गर्‍याैँ । हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ । हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टाचार र अनियमिततामा संलग्नहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ । यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।’

माओवादी केन्द्रमा प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलबाट मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर