इजरायली हिरासतमा हमास नेताको मृत्यु

वेस्ट ब्यांकमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् ।

प्यालेस्टाइनको कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो ।

‘हामी नेता शेख मुस्तफा मोहम्मद अबू आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट उहाँको मृत्यु भएको हाम्रो ठहर छ,’ हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उनले नजरबन्दको समयमा क्रूर यातना सामना गर्नुपरेको उनीहरूले बताएका छन् ।

यस विषयमा इजरायली सेनाले प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर