विमान दुर्घटनापछि बन्द भएको विमानस्थल खुल्यो
९ साउन २०८१ १३:२७
सौर्य एयरको विमान दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
कलसाइन अल्फा एमई रहेको विमान दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया