समानुपातिक बन्दसूची सच्याउन माग गर्दै शेखर पक्षका नेताको पार्टी कार्यालयमा धर्ना

नेपाली कांग्रेसमा समानुपातिक उम्मेदवारको बन्दसूचीको विषयमा असन्तुष्ट संस्थापन इतर शेखर कोइराला पक्षका नेता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन्।

समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै कोइराला पक्षले बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएको हो।

पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरेको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ। शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ।

समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर