भारतले नेपाललाई यस वर्ष ११ अर्ब २० करोड रूपैयाँ अनुदान दिने

भारतले नेपाललाई यस वर्ष ११ अर्ब २० करोड रूपैयाँ अनुदान दिने भएको छ ।

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४/२०२५ बजेटमा अनुमानित सो रकम बराबरको अनुदान दिने घोषणा गरिएको हो । यो संशोधन भएर बढ्न पनि सक्छ ।

भारतले नेपाललाई यस वर्ष दिन लागेको अनुदान गत वर्षभन्दा १ करोड रूपैयाँले बढी हो ।

आर्थिक वर्ष २०२३/२०२४ मा विनियोजन गरेको ८ अर्ब ८० करोडलाई भारतीय सरकारले अनुदान संशोधन गरी १० अर्ब २० करोड भारू अनुदान दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *