राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

संविधान संशोधनको एजेण्डासहित नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भए पनि त्यसपछिका गतिविधिहरू विश्लेषण गर्दा विश्वासको मतको विपक्षमा मत दिनुपर्ने निष्कर्ष पुगेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। उनी असार ३० गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले नै ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *