
राष्ट्रिय सभा बैठक बस्दै


सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

- राप्रपा अध्यक्ष लिङ्देन लगायतका नेताहरू सिंहदरबारबाट पक्राउ
- राप्रपा कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी, निषेधित क्षेत्र नतोड्न प्रहरीको माइकिङ
- ज्ञानेन्द्र शाहीलगायत राप्रपा नेता संसदीय दलको कार्यालयमा थुनिए, बन्धक बनाएको आरोप
- सरकारी विद्यालय कमजोर बनाएर निजीमा विद्यार्थी लैजाने षड्यन्त्र भयो : अनेरास्ववियु
प्रतिक्रिया