
हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी


सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि असोज ११ गते भारत गएपछि हरिकृष्ण कार्कीले यो जिम्मेवारी सम्हालेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार प्रधानन्यायाधीशको अनुपस्थितिमा सबैभन्दा वरिष्ठ न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशका रूपमा काम गर्ने प्रावधान छ। संविधानको धारा १२९ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा वा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा देशबाहिर गएको कारणले सर्वोच्च अदालतमा उपस्थित हुने अवस्था नभएमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीश भएर काम गर्ने व्यवस्था छ।
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध २०७८ फागुन १ मा संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए। न्यायाधीश दीपककुमारले उमेर हदका कारण असोज १५ गते अवकाश पाउँदैछन्।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया