बालेनको कविता- ‘सत्यको कुनै एउटा पहिचान हुँदैन’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् ।

उनले आज सामाजिक सञ्जालमा कविता राख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वोच्च अदालतले बाटो खोलिदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्युरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम सुरु भएको छ । बालेनको कविता यिनै विषयप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

कविता यस्तो छ–
सत्यको कुनै एउटा पहिचान हुँदैन

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर,
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर