सिमलताल पहिरो : थप एक यात्रुको शव भेटियो, मृतकको संख्या १५ पुग्यो

मुग्लिन-नारायणघढ सडकअन्तर्गत सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज थप एक जनाको शव फेला परेको छ।

सशस्त्र प्रहरी बलले दिएको विवरणअनुसार खोजीका क्रममा पछिल्लोपटक आज बिहान पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–७ नारायणी नदीमा थप एउटा पुरुषको शव फेला परेको हो। उनको पहिचान खुलिसकेको छैन।

योसँगै शवको संख्या १५ पुगेको छ। अब अझै ४७ जना भेटिन बाँकी छन्।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए।

तीमध्ये तीन जना पौडिएर बँच्न सफल भए भने बाँकी ६२ जना बेपत्ता थिए। तीमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका हुन्।

दुई बस र बाँकी ४७ यात्रुको खोजी जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर