विपद्‍मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको निर्णय

सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारहरुलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।

सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

यसअघि सो व्यवस्था नभएकाले मन्त्रीपरिषद् बैठकले आवश्यक निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *