अवरूद्ध कर्णाली राजमार्ग खुल्यो

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरूद्ध भएको थियो ।

मेसिनको प्रयोग गरी आज अपराह्न ३:३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए ।

वर्षाका कारण सो स्थानहरूमा आज बिहानदेखि सडक अवरूद्ध भएको थियो । सडक अवरूद्घ हुँदा यात्रुहरू बीच बाटोमै रोकिएका थिए । वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरूद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *