जसपाबाट यादव खानेपानी र साह महिला-बालबालिकामन्त्री

जनता समाजवादी पार्टी (जसपा) बाट प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बनेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिएको हो । त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाइएको हो । उनी नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए ।

२३ वैशाखमा जसपा, नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।

नवलकिशोर साहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् । उनी प्रचण्ड नेतृत्वको सरकारमा झण्डै चार महिना वन तथा वातावरणमन्त्री थिए । नवनियुक्त मन्त्रीहरूले सोमबार शपथ लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *