अर्जेन्टिनालाई १६ औं पटक कोपा अमेरिकाको उपाधि

कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीमा सोमबार बिहान भएको फाइनलमा कोलम्बियामाथि १-० को जित हासिल गर्दै अर्जेन्टिनाले १६ औं पटक उपाधि जितेको हो ।

अर्जेन्टिनाका लागि खेलको ११२ औं मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।

१ घण्टा २२ मिनेट ढिला गरी सुरू भएको फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको आठ मिनेट बाँकी छँदा मार्टिनेजले सानदार गोल गरेका हुन् । उनी यो कोपाको सर्वाधिक गोलकर्ता हुन् । उनले ५ गोल गरे ।

खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने घाइते भएर ६६ औं मिनेटमा बाहिरिएका थिए । उनीमाथि फाउल भएपछि उनले पटकपटक आँसु चुहाएका थिए ।

कोलम्बियाले बल पोसेसनमा ५३ प्रतिशत ओगटेकामा गोलका लागि आधा दर्जन प्रहार गरेको छ ।

फाइनलमा अर्जेन्टिनाका गोलपिकरले कोलम्बियाका आधा दर्जन प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी नै खेल्यो । कोलम्बियाले १६ फाउल खेल्दा अर्जेन्टिनाले ६ फाउल मात्र खेल्यो ।

कोलम्बियाका दुई तथा अर्जेन्टिनाका दुई खेलाडीले पहेँलो कार्ड पाए ।

अर्जेन्टिनाले सबैभन्दा बढी १६ औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ । उसले लगातार यो दोस्रो पटक उपाधि जितेको हो ।

उरूग्वेले १५ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *