वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण हुनेमा अन्योल देखिएको छ । वर्षभरिमा कम्तीमा एक सय जना श्रमिक पठाउने कम्पनीलाई मात्र नवीकरण गर्ने प्रावधान रहेको छ सो प्रावधान हटाएर सहज ढङ्गले नवीकरण हुने गरी प्रस्ताव मन्त्रीपरिषद्मा लगिएको छ तर श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री डोलप्रसाद अर्याल हटेपछि त्यसमा अन्योल देखिएको कम्पनीले जनाएका छन् ।

आर्थिक वर्ष २०८०-८१ मा कम्तीमा एक सय श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नवीकरणमा रोक्न नहुने मन्त्री अर्यालले मन्त्रीपरिषद्मा प्रस्ताव लग्नुभएको छ । त्यसमा निर्णय हुन सकेको छैन । व्यापारिक संस्था भएका कारणले श्रमिक पठाए पनि नपठाए पनि अरू मापदण्ड पूरा गरेका छन् भने नवीकरण गरिदिनु पर्छ ।

वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ । मन्त्रालयले विगत चार वर्षदेखि भने अदालतको बाधा अड्काउ फुुकाउ आदेशमार्फत एक सय श्रमिक विदेश पठाउन नसकेका म्यानपावर पनि नवीकरण गराउँदै आएको छ तर सधैँका लागि सो प्रावधान लागु गर्ने भनी मन्त्रीपरिषद्मा प्रस्ताव लगिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले म्यानपावर कम्पनी व्यापारिक संस्था भएकाले सरकारले नवीकरण गर्नबाट वञ्चित गर्न नमिल्ने भन्दै नवीकरणको प्रस्ताव पठाएको जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *