गैंडाकोटस्थित नारायणी नदी किनारमा भेटियो दुईवटा शव

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-७, गैरेस्थित नारायणी नदी किनारमा दुईवटा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वका अनुसार शनिबार दिउँसो करिब साढे २ बजे नदी किनारमा दुईवटा शव भेटिएको हो ।

ती दुई शव पनि शुक्रबार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका बसमा सवार यात्रुहरूको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार सनाखत हुन बाँकी एउटा अन्दाजी २५/३० वर्षका र अर्का १८/२० वर्षका जस्तो देखिने पुरूषको शव भेटिएको हो । बेपत्ताको खोजीका लागि भरतपुर आएका आफन्तहरूमार्फत शवहरूको सनाखत गराइने प्रहरीले जनाएको छ ।

शनिबार बिहान गोलाघाटमा भेटिएको पुरूषको शव सनाखत भइसकेको छ ।

उनी भारत बिहारको सितामणी बर्गिनिया जमुवा बस्ने २८ वर्षीय ऋषिपल साह रहेको पुष्टि भएको हो ।

उनी काठमाडौंबाट गौर जाने क्रममा त्रिशूलीमा खसेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा सवार रहेको उनका भाइ सतपाल साहले सनाखत गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर