विश्वासको मत नपाएसँगै पदमुक्त भए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्ताव बहमुतले अस्वीकृत भएपछि उनी पदमुक्त भएका हुन् ।

उपस्थित २५८ सांसदमध्ये प्रस्तावको पक्षमा ६३ र विपक्षमा १९४ जनाले मतदान गरेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । एक जना सांसद तटस्थ बसेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपराह्न् ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *