मुलुकलाई निकास दिन कांग्रेस-एमालेलाई साथ दिने निर्णय गरेका हौं : अब्दुल खान

जनमत पार्टीका सांसद अब्दुल खानले वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले केही समयअघि नै गरेको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरूले नयाँ सत्ता समीकरणलाई स्वागत गरेको बताए ।

सांसद खानले नेपाली जनताले चाहेअनुसारको काम वर्तमान सरकारले गर्न नसकेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *