सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि नयाँ समीकरण बन्यो : हितराज पाण्डे

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भुटानी शरणार्थी प्रकरणमा फरारहरू पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि कांग्रेस–एमालेले नयाँ समीकरण बनाएको आरोप लगाएका हुन् ।

प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू पक्राउ पर्न थालेपछि कांग्रेस–एमालेले आफ्नाहरूलाई बचाउन नयाँ सत्ता सहकार्यको हात अघि बढाएको दाबी गरे ।

‘मलाई के लाग्छ भने जब भुटानी शरणार्थीको कुरा होस्, अथवा ललिता निवासको कुरा होस्, सुन तस्करीको कुरा होस्,’ उनले भने, ‘खासगरी सुशासनसँग सम्बन्धित कुरा सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो । बेचन झाहरूको जब गिरफतारी हुन थाल्यो, त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो भन्ने मलाई लाग्छ ।’

उनले दाहाल नेतृत्वको सरकारले सुशासन र जनताका पक्षमा काम गरेको दाबी गरे ।

प्रमुख सचेतक पाण्डेले सरकारले जनताको पीडा बुझनका लागि पनि सकेको काम गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *