प्रचण्डलक्षित लेखकको कटाक्ष : लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौं

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रस्ताव गरेपछि लेखकले सो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री दाहाल जबरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले उनलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरूले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले सुरूमै भन्नुभयो, दुईवटा ठूला दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला भनेर चिन्ता गर्नुभयो । यो चिन्ता मैले प्रधानमन्त्रीज्यूबाट मात्रै होइन, मैले पत्रपत्रिकामार्फत विज्ञहरू, विशेषज्ञहरू, राजनीतिक ज्ञाताहरूको पनि मैले यो कुरा सुनेको छु,’ प्रमुख सचेतक लेखकले भने ‘यस्तो जबरजस्त प्रतिपक्षको दलको नेता हुन सक्ने व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजोअस्ति प्रतिपक्षलाई कमजोर बनायौं कि ? अब प्रतिपक्ष बलियो हुन्छ भन्ने मैले विश्वास गरेको छु ।’

उनले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरूले उनीमाथि कुनै वादप्रतिवाद नगर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *