प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादीको ‘ह्वीप’

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गरेको छ ।

पार्टीको बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिनेछन् ।

प्रमुख सत्ता साझेदार नेकपा (एमाले) ले नेपाली कांग्रेससँग नयाँ समीकरण बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *