जनमत पार्टीका केन्द्रीय सचिवसहित सात नेता-कार्यकर्ता निलम्बित

सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना सात जना नेता–कार्यकर्तालाई निलम्बन गरेको छ । राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साह (बीपी) सहित सात जना नेता–कार्यकर्तालाई तीन महिना निलम्बन गरिएको हो ।

निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साहलगायत छन् ।

गत असार २० गते बिहीबार बसेको जनमत पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको हो ।

‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधानविपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर