नयाँ सत्ता समीकरणका बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणका बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ समीकरणको कुरा आइरहेको भए पनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको अर्थ नभएको बताए । उनले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाए ।

उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरू लागेको बताए । उनले मुलुकका दुई ठूला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सीमित गर्ने प्रयासमा लागेको आरोप लगाए ।

‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो,’ उनले भने, ‘यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरूले नै सार्वजनिक गरिसक्नुभएको छ । बरू अब प्रश्न, संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो । उहाँहरूले मुलुकलाई ध्रुवीकरणको दिशातिर लैजान खोजिरहनुभएको छ ।’

मन्त्री बस्नेतले कुन पार्टी सरकारमा छ र छैन भन्ने कुरा गौण विषय रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर