प्रधानमन्त्रीले सत्ताको खेल बुझ्नुभएन, बालकाेटदेखि दशा सुरू भएकाे थियाे : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् । एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरू भएको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताए ।

‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने यी दुईवटा ठूला पार्टी मिलेपछि नेपाल अब सबै क्षेत्रमा मुक्त हुनेवाला छ । यस्ता स्वर बाहिरतिर पनि सुनिन्छ, भित्र पनि सुनिन्छ,’ अध्यक्ष केसीले भने, ‘नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरूसँगै छु । त्यसकारण मैले सुरूमै भनेको थिएँ, यदि तपाईंहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूलो पार्टीले चाहिँ नेतृत्व नगरेर साना पार्टीलाई किन दिनुभयो भनेर मैले त्यतिबैलै कुरा उठाएको थिए । अहिले वर्तमान प्रधानमन्त्रीले बुझनुभएन खेल । पुस १० गते तपाईं जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरू भएको थियो ।’

अध्यक्ष केसीले कांग्रेस-एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरूले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर