संविधान संशोधन गरेर देशलाई दुई दलीय प्रणालीमा लैजान खोजियो : सांसद यादव

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलीय प्रणालीमा लैजान खोजिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधनमार्फत देशलाई दुई दलीय प्रणालीमा लान खोजेको बताएका हुन् ।

उनले संघीयता, र्धर्मनिरपेक्षता, समानुपातिक समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक समावेशिता हटाउने कुरा सह्य नहुने बताए । उनले संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षीय र सर्वदलीय रूपमा हुनुपर्ने बताए ।

‘संविधान संशोधनका लागि दुई ठूला दलहरूले दुई दलीय प्रणाली लान खोजिएको र थ्रेसहोल्ड हटाउन खोजिएको हो भने यो मुलुकको लागि कति सह्य हुन सक्छ ?,’ सांसद यादवले भने, ‘म आग्रह गर्न चाहन्छु अब संविधान संशोधन गर्दाखेरि संविधानको चारवटा पिल्लर खम्बा हो संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी । यी चारवटा पिल्लरमा समानुपातिक र समावेशी हटाउने कुराको अहिले जसरी भाष्य उत्पन्न भएको छ । यसकारण म ध्यान आकृष्ट गराउन चाहन्छु, अब संविधान संशोधन गर्दाखेरि सर्वपक्षीय, सर्वदलीय हिसाबमा होस् ।’

उनले तराई-मधेसमा विपद्को मुख्य कारण चुरे क्षेत्रको व्यवस्थापन हुन नसक्नु भएको बताए । उनले चुरे क्षेत्रको व्यवस्थापन नहुँदा प्रतिवर्ष ४ हेक्टर जमिन मरूभूमिकरण भइरहेको भन्दै आगामी ५० वर्षमा सबै खेतीयोग्य भूमी मरूभूमिकरण हुने अवस्था रहेको बतए । उनले चुरे दोहन रोक्नुपर्नेमा जोड दिए ।

सांसद यादवले वर्तमान सरकार संविधानको धारा ७६(२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर