लगानी सहजीकरणसम्बन्धी ऐन संशोधन गर्ने विधेयकमा राष्ट्रियसभाले गरेको संशोधन स्वीकृत

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

सोमबाररको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । सोही प्रस्तावमाथि छलफल गरी प्रतिनिधिसभाले उक्त संशोधन स्वीकृत गरेको हो ।

त्यस्तै प्रतिनिधिसभामा राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन आव २०७९/८० पेस पनि भएको छ ।

प्रतिनिधिसभाको आगामी बैठक असार २५ गते मंगलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *