केन्द्रीय सदस्य चयन सकिएपछि मात्रै पदाधिकारी टुंगो लगाउने नेकपा एसको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको बताए ।

उनले महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठूलो उत्साह पैदा भएको बताए । उनले पार्टीलाई अघि बढाउन धेरै ठूलो ऊर्जा प्राप्त भएको निष्कर्ष रहेको बताए ।

उनले बैठकले पदाधिकारी नयाँ चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय गरेको बताए ।

बैठकपछि बोल्दै पार्टीका नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धन दक्षिणपन्थी अवसरवादी चरित्रको रहेको बताए । उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालाई नै समर्थन गरेर विश्वासको मत दिने बताए ।

उनले पछिल्ला राजनीतिक घटनाक्रमलाई पार्टीले नजिबाट नियालिरहेको बताए । केन्द्रीय समितिको बेठक आइतबार पुनः बस्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर