पहिरोले कान्तिलोकपथ अवरूद्ध

अविरल वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरूद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३, कार्कीबासमा पहिरो जाँदा सडक अवरूद्घ हुन पुगेको भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रवीन्द्र महर्जनले दिएको जानकारीअनुसार वर्षातका कारण ‘फास्ट ट्«याक’ को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ । अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति नभएको प्रहरी प्रमुख महतले बताए ।

महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भने, ‘अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *