पाकिस्तानमा खोलामा भ्यान खस्दा एकै परिवारका ७ जनाको मृत्यु, १० घाइते

उत्तरपश्चिम पाकिस्तानमा भ्यान खाल्डोमा खस्दा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा एउटा भ्यान खोलामा खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको हो ।

यात्रुवाहक भ्यान तीव्र गतिका कारण खाल्डोमा खसेर दुर्घटना भएको उद्धार सेवाले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पु¥याएको र घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

भ्यानमा सवार सबै एकै परिवारका रहेको उद्धार सेवाले जनाएको छ । भ्यानमा सवार यात्रुहरू विवाह समारोहमा सहभागी भई हरिपुर जिल्लाको स्वाबी माइरा क्षेत्रबाट संघीय राजधानी इस्लामावादको विमानस्थलतर्फ जाँदै गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *