अविरल वर्षाले डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

अविरल वर्षाका कारण शनिबार दाङ जिल्लाको लमही नगरपालिका-८, सतवरिया गाउँमा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोला दाङबाट खटिएको सुरक्षा फौजले रबरबोटको सहायताले उनीहरूको सकुशल उद्वार गरेको हो ।

सो स्थानका करिब ५० घरहरू डुबानमा परेका थिए । ती घरपरिवारका सामानलगायत पशुचौपायाहरूसमेत सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *