अविरल वर्षापछिको विपद् र व्यवस्थापनबारे गृह मन्त्रालयमा आपतकालीन बैठक

निरन्तरको वर्षापछि देशभर भएका विपद्का घटना र त्यसको व्यवस्थापनबारे छलफल गर्न गृह मन्त्रालयमा आपतकालीन बैठक बसिरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसहितकाे उपस्थितिमा बैठक बसिरहेको हो ।

अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा सडक अवरूद्ध, बाढी, पहिरो, डुबानका घटनाहरू भएका छन् । कतिपय स्थानमा भाैतिकका साथै मानवीय क्षति पनि भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर